काठमाडौं। कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गत शुक्रबार लामिछानेलाई प्रहरीले रास्वपा पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ गरी पोखरा लगेको थियो। प्रहरीले आज अनुसन्धानका लागि म्यादथप गर्न अदालतमा उपस्थित गराएको हो।
सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । अदालत जानुपूर्व सभापति लामिछानेले कानुनी प्रकृयालाई सहयोग गर्ने प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय