काठमाडौं । बंगलादेश, नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
दशरथ रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले भारतलाइ ३–१ गोल अन्तरले हराएको हो ।पहिलो हाफमै ३ गोल गरेको बंगलादेशले पाँच पटकको विजेता भारतलाई हराउदै ४ अंकसहित समूह एको विजेता बनेको छ । हारका बावजुत भारत ३ अंकसहित उपविजेता बनेर सेमिफाइनल पुगेको छ ।
बंगलादेशले अब समूह बीको उपविजेता र भारतले समूह बीको विजेतासँग सेमिफाइनल खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय