काठमाडौं । विश्व बुदो मार्सल आर्ट्स प्रतियोगिता २०२४ का पदक विजेतालाई सम्मान गरिएको हो ।
अजरबैजानको बाकुमा सम्पन्न अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट्स प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ रजत पदक जितेको थियो । वीरकृष्ण महर्जन प्रशिक्षक रहेको र पूजा लामा निर्णायकमा सहभागी प्रतियोगितामा ७८ केजी समुहमा सतीस बलामी, ७५ केजी समुहमा वीरचन्द्र नकर्मी,३० केजी तौल समूहमा ब्रिनिस महर्जनले स्वर्ण पदक जितेका थिए ।
त्यस्तै, ५८ केजी समूहमा ज्ञानेन्द्र कुमार हमालले रजत पदक जितेका हुन ।

