काठमाडौं ।गुल्मीमा एक मोटरसाइकलमा आगलागी भएको छ ।
पेट्रोल राखेर स्टार्ट गर्ने क्रममा अचानक मोटरसाइकलमा आगलागी भएको हो । आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ । तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा लु ८ प १०५३ नम्बरको मोटरसाइकलमा आगो लागेको हो । आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा क्षति भएको छ ,अन्य भौतिक तथा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी भएको मोटरसाइकल गुल्मी गुल्मीदरबार–४ बस्ने बर्ष ३० को कृष्ण बुचाको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय