काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूलाई पार्टीभित्र विभेद गर्ने कार्यबारे संवेदनशील रहेको बताएका छन ।
बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा उनले यसबारे सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताए । प्रदेश सरकार विस्तारबारे आफूसँग छलफल नगरिएको उनको गुनासो थियो । अर्को प्रशंगमा उनले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने बताए । करिब दुई तिहाइको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनुपर्ने औंल्याए । रास्वपाप्रति लक्षित गर्दै उनले न्यायापालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएकोले न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको बताए ।
उनले भने सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय