काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ को पात्लेबन ठोस्ने खोलामा बिहिबार बिहान बेवारिसे शव फेला परेको छ ।
रातो रङ्गको बुट्टाहरु भएको मखमली चोलो र रातो रङ्गको साडी लगाएकी,शरीरमा कालो रातो रङ्गको पछ्यौरा ओडी कोल्टे अबस्थामा रहेको ५५/६० बर्षकी बृद्ध महिलाको शव फेला परेको हो । शव फेला परेको घटनास्थल भन्दा करिव १० मिटर दक्षिण तर्फ खोल्सामा तरकारीमा प्रयोग गर्ने बिषादी औषधी दुई बट्टा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
ठोस्ने खोलामा बृद्ध महिला बेहोस अबस्थामा देखेपछि स्थानीयले प्रहरी लाई खबर गरेका थिए । घटनाबारे प्रहरी बृत्त थानकोट र प्रहरी प्रभाग नागढुङ्गाको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय