काठमाडौं । जुम्लाबाट सुर्खेत आइरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको सवारी साधन दुर्घटनामा परेको हो ।
बिहिबार बिहान सुर्खेतको बराहताल गाउँपालिका –८ मा उक्त सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ३५ वर्षीय दीपक शाहीको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा निधन भएको हो ।बच्चासहित २९ जना सवार गाडी दुर्घटनामा पाँच जना घाइते भएका छन ।
घाइतेहरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको उक्त सवारी साधन अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

