काठमाडौं । चन्द्रागिरि औद्योगिक,सांस्कृतिक,पर्यटन तथा व्यापार महोत्सव –२०८१ मा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।
नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिमा दैनिक हुने गरेको सास्कृतिक कार्यक्रममा दर्शक झुमेका छन । दर्शकहरुको उल्लेखनिय सहभागिताका बावजुत चुनौति भने थपिएको छ । महोत्सवमा आउने दर्शकहरुले प्रयोगगर्ने मुलतः २ पाङ्गे्र सवारी साधनले सडक सुरक्षामा चुनौति थपेको हो । बुधबार मोटरसाइकलका कारण ३ वटा दुर्घटना भए । त्यस्तै बिहिबार मादक पदार्थ सेवन गरि चलाइएको मोटरसाइकल बाबा आश्रम अगाडि दुर्घटना पर्यो ।महोत्सव हेर्न आएका दर्शकहरुले चलाएका मोटरसाइकलमा ३ जना सवार हुने,बिना हेल्मेट मोटरसाइकल चलाउने,तिब्र गतिमा मोटरसाइकल चलाउने र मादक पदार्थ सेवन गरि सवारीसाधन चलाउने गरेको व्यापक गुनासो आएसंगै थानकोट ट्राफिक प्रहरी कार्यालयले कडाईका साथ चेकजाँच गर्ने भएको छ । महोत्सव स्थल मातातीर्थ पुग्ने गुरुजुधारा देखि दक्षिण तर्फको बाटो,मातातीर्थबाट चेकपोष्ट जाने बाटो र मातातीर्थबाट सतुंगल जाने बाटोमा गुडने सवारी साधनलाइ कडाईका साथ चेकजाँच गरिने थानकोट ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ नायव निरिक्षक कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
उनले सडकमा लापरर्वाही नगर्न सचेत गराउदै सडक अनुशासन पालन गर्न अनुरोध गरे ।Chandragiri Metro संग कुराकानी गर्दै उनले भने सडक सुरक्षाका लागि शुक्रबार देखि महोत्सव भएको स्थानलाई लक्षित गरि ३ स्थानमा कडाईका साथ चेकजाँच गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय