काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्मका लागि खर्चको हद निर्धारण भएको छ । महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले सात लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पाँच लाख ५० हजार, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपियाँसम्म खर्च गर्न पाउनेछन् ।महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपियाँ र उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख रुपियाँ खर्च गर्न पाउने हद निर्धारण भएको हो ।गाउँपालिका वडा अध्यक्ष पदका उम्मेदवारको खर्चको हद एक लाख ५० हजार रुपियाँ निर्धारण भएको छ ।
यस्तै, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५० हजार रुपियाँसम्म खर्च गर्न पाउने हद निर्धारण भएको छ ।

