काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको हो ।आन्दोलनका कार्यक्रमको स्वरूपबारे शनिबार बैठक बसी तय गरिने जनाइएको छ ।कात्तिक २ गते पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै काठमाडौंबाट पक्राउ परेका थिए । तर, रास्वपाले सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको निष्कर्ष निकाल्दै पक्राउ परेलगत्तै सडक आन्दोलनमा उत्रिएको थियो ।
रास्वपाले बिहीबारसम्म पोखरामा प्रदर्शन गरेको थियो । उसले शुक्रबारबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।

