काठमाडौं । पूर्व युवा तथा खेलकुद मन्त्री एवं बागमती प्रदेश सभा सदस्य रमा आले मगरले सामाजिक काम गर्नेहरुलाई अनावश्यक टिका टिप्पणी नगर्न आग्रह गरेकी छिन ।
वनदेवी सामुदायिक भवन संरक्षण समितिले आयोजना गरेको नवदुर्गा पुजामा भएको आय व्यय सार्वजनिक कार्यक्रममा आलेले यस्तो बताएकी हुन। उनले वडादशैमा ९ दिनसम्म घरको पूजापाठ छाडेर प्रतिकुल मौषममा पनि सामुहिक रुपमा नवदुर्गा पूजा–२०८१ सफलताका साथ सम्पन्न गरेको समितिमाथी भा्रमक र हत्तोत्त्साहीत बनाउने टिका टिप्पणी भएको भन्दै त्यस्तो नगर्न आग्रह गरेकी हुन ।कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नवदुर्गाको मुर्ति स्थापना गरि असोज १७ गते देखि असोज २६ गते सम्म भएको पूजा र असोज ३० गते मुर्ति विसर्जन सम्मको कार्यक्रम चन्द्रागिरि नगरपालिकामानै नौलौ भएको बताए । सास्कृतिक नगरीको पहिचान बनाएको चन्द्रागिरि नगरपालिकाले बाजागाजा, जात्रा पर्व लगायतका कार्यक्रममा लगानि गरेको बताउदै आगामी दिनमा यस्ता कार्यक्रममा नगरपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
समिति अध्यक्ष कुमार शाहले पूजा आयोजनामा सहयोग गर्नेहरुलाइ धन्यबाद ज्ञापन गर्दै समितिले गर्ने गरेका प्रत्येक कार्यक्रममा थप सहयोग र साथको अपेक्षा रहेको बताए । नवदुर्गा पूजा–२०८१ मा जम्मा आम्दानी ५ लाख ८४ हजार ८ सय ९२ रुपैया भएको र खर्च ४ लाख १६ हजार ३ सय २६ रुपैया भएको आय–व्यय विवरण समिति कोपाध्यक्ष जीवन कुमार आलेले सार्वजनिक गरे ।
नवदुर्गा पूजा कार्यक्रमबाट १ लाख ६८ हजार ५ सय ६६ रुपैया रकम समितिसंग मौज्जात रहेको छ । कार्यक्रममा पूजा आयोजनामा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय