काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आयोजित खबरदारी सभाका सन्देशलाई गम्भिरताका साथ लिन सरकारलाई आग्रह गरेका छन ।
उनले सभामा उटाइएका प्रशंगहरुको बेवास्ता गरे ठुलो मुल्य चुकाउनु पर्ने बताए । खबरदारी सभाका सन्देशलाइ सम्बोधन गर्न आग्रह गर्दै उनले अन्यथा विशाल जन बिद्रोह हुने चेतावनी दिए ।उनले बिगतका कहिले एमाले त कहिले कांग्रेस संगको सहमति सरकारको नेतृत्व गरेर गल्ति भएको भन्दै ‘तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती ग-यौं, तपाईहरुको रोग हामीलाई पनि स-यो’, भने ।
माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने प्रचण्डले भने । जति सिट ल्याए पनि एक्लै लड्ने उनले बताए ।

