काठमाडौं । दाङमा सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् ।
जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका मगरलाई भालुवाङमा केही दिन पहिले नाबालिग करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरको शव गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेको हो । दशैंको फूलपातीको दिन दुई बालिकालाई बलात्कार गरेको अभियोगमा भालुवाङमा रहेको सशस्त्र प्रहरीका दुई जनालाई प्रहरीलाई पक्राउ गरी अनुसन्धान भइरहेका छ ।
शक्तिको आडमा आरोपीलाई जोगाउन खोजेको भन्दै स्थानीयले लगातार १५ दिन आन्दोलन गरेपछि उनीहरू पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर