काठमाडौं । नेपाल र बंगलादेश महिला साफ फुटबलको फाईनलमा भिडने भएका छन ।

आईतबार भएको सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाईनल पुगेको हो भने बंगलादेशले भुटानमाथि ७–१ को फराकिलो जित निकाल्दै फाइनल पुगेको हो ।नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४–२ ले पराजित गर्यो । फरवार्ड रेखा पौडेल दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो । खेलको ६२ औं मिनेटमा संगिता बासफोरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । लगत्तै भारतीय खेलाडी सेलिब्रेसनमै रहदाँ रेफ्रीको अनुमतीमा नेपालले बल सञ्चालन गरेर सावित्राको बलमा प्रिति राईले गोल गरेकी थिईन् । तर रेफ्रीले सो गोललाई मान्यता दिईनन् । त्यसपछि नेपाली खेलाडीले मैदान छाडेका थिए । लामो समय खेल रोकिएपछि अन्तिममा नेपाली खेलाडी खेल्न तयार भएपछि दोस्रो हाफमा पुरा आत्मविश्वासका साथ खेलेको नेपालले सावित्रा भण्डारीको गोलमा बराबरी गरेको थियो ।नेपालका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रर्दशन गरेपछि नेपालको जित सहज बनेको हो ।

 

बंगलादेश भने तोहुरा खातुनको ह्याट्रिकसँगै लगातार दोस्रोपल्ट साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको हो ।साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम नाममा रह्यो। भुटानकी डेकी लाजोमले एक गोल फर्काइन्।नेपाल र बंगलादेश बिच महिला साफ फुटबलको फाइनल खेल बुधबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय