काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफूलाई वैकल्पिक शक्तिहरु भन्नेहरूले कानुनको पालना गर्न नहुने भन्दै प्रश्न गरेका छन ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लक्षित गर्दै वैकल्पिक पार्टीमा इमानदारिता नदेखिएको बताए । सरकार विधिको शासन कायम गर्न लागेको बताउदै उनले भने सरकारले कसैप्रति पनि द्वेषभाव राखेको छैन ।
उनले भने सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन, सरकार त विधिको शासन कायम गर्दछ,विधिको शासन लागू गर्दा हामीलाई लागू हुनु हुँदैन, हामी नयाँ पार्टी हौं भन्न मिल्छ ?’अघिल्लो चुनावमा वैकल्पिक हौं भन्नेहरू आज कहाँ छन ? अहिले आएकाहरूको हालत पनि त्यही हुने हो। इमान्दारिता हुनुपर्दैन ?’ यिनीहरूलाई केहि गर्नै नहुने ?’उनको प्रश्न थियो ।

