काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका–६ सिनवाङ दुवेदेबाट धान र पराल बोकेर सोही ठाउँको छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ मिनी ट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।सोमबार साँझ मिनी ट्रक दुर्घटना परी घाइते हुनेहरुमा गोबर्द्धन खडका, डिल्ली भन्ने अनिल भण्डारी,खुमा बस्नेत,सृजना बस्नेत,नन्दा बस्नेत जीत सागर बस्नेत,संजीव बस्नेत, शंकर खडका, देवबहादुर बस्नेत,हिक्मत थापा र गाडी चालक मानबहादुर भण्डारी रहेका छन् ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङमा उपचार भईरहेको छ ।घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय