काठमाडौं । भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि जहाजमा बसिरहेका यात्रुहरूलाई ओरालेर जाँच गर्न थालिएको छ ।
एआई २१६ उडान नम्बरको यो विमानबाट दिल्ली जाने ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् । बमको सूचनापछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । जाँचका लागि नेपाल प्रहरीका कुकुरहरू पनि परिचालन गरिएको छ । बमको हल्लाका कारण उक्त जहाज नजिकै रहेको हिमालय एयरलायन्सको विमानलाई हटाइएको छ ।सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएको थिए ।
कुनै समूहले काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको खबर गरेकाले सुरक्षा निकायले उक्त विमानलाई प्रोटोकल अनुसार जाँच गर्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय