काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनलको टिकट बिक्री स्थगित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको भारत र नेपालको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले टिकट बिक्री स्थगित गरेको हो । १५ हजार दर्शक क्षमता रहेको रंगशालामा आइतबार १८ हजार भन्दा बढी दर्शकलाई प्रवेश दिएको सार्वजनिक भए लगत्तै हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट विक्री नगर्न/नगराउन र अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौं,’ एन्फाले भनेको छ ।

एन्फाले कार्तिक १४ गते बंगलादेश र नेपालबीच हुने फाइनल खेलको टिकट बिक्री रोकेको हो । यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा आफू जबाफदेही नहुने एन्फाले जनाएको छ ।माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो।

