काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकतालाई बढावा दिन नहुने भन्दै त्यस्ता गतिबिधी नगर्न चेतावनी दिएका छन् ।
मातातीर्थमा रहेका राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सशस्त्र प्रहरी निरीक्षकको आधारभुत तालिमको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता विकृतिजन्य गतिविधि सह्य नहुने बताए ।उनले भने ‘नेपाली मन र मष्तिष्क फुटाउने, अराजकता र साम्प्रदायिक द्वेष सिर्जना गर्ने विभिन्न प्रयास भइरहेको छ,’ ‘यस्ता गतिविधिलाई हामी फस्टाउन दिँदैनौँ ।प्रधानमन्त्रीले विशेषगरी सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बलको भूमिकाको प्रशंसा गरे । उनले उनीहरुको क्षमता अभिवृद्धि र कामको अवस्था सुधार्न सरकारको सहयोग रहने आश्वासन पनि दिए ।‘सशस्त्र प्रहरी बललाई बलियो बनाउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री ओलीले भने । “उनीहरूलाई राम्रो सुविधा र स्रोतहरू प्रदान गर्न आवश्यक कानुनी संशोधनहरू भइरहेको छ।“
समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति रहेको थियो । कूल ४५ जना प्रशिक्षार्थीले आधारभूत तालिम पूरा गरी अब विभिन्न क्षमतामा सेवा दिन तयार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय