काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले बालुवाटार क्षेत्रमा प्रदर्शन सुरु गरेको छ ।
प्रदर्शन सुरु भएलगत्तै प्रहरीले केही नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।बालुवाटारस्थित नेपाल हाउसको अगाडिबाट सांसद अशोककुमार चौधरीसमेत केही नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हाे । पक्राउ पर्नेहरूमा काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठसहित १७ जना छन् ।
राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध भन्दै रास्वपाले प्रदर्शन गरेको हो ।

