काठमाडौं । छठ पर्व आउन एक साताभन्दा बढी समय रहेको छ यद्धपी छठ पर्वको तयारी सुरु भइसकेको छ ।
तराईका जिल्लामा छठपूजाका लागि छठ घाट निर्माण कार्य सुरु भएको छ । पोखरी, खोला, नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम सुरु गरिएको हो ।चन्द्रागिरि नगर क्षेत्रमा रहेकाहरुले मातातीर्थ,बाणस्थलीको त्रीवेणी धाम,विष्णुदेवी मन्दिर क्षेत्रमा रहेको नदी तटमा अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट त्यहीँबाट उहाउँदो सूर्यलाई अर्घ चढाउने गर्दछन ।चन्द्रागिरिमा रहेको सनातन धर्म तथा छठ पूजा समितिले मातातीर्थमा छठ पूजाको तयारी गरेको हो । समितिले पूजाका लागि पत्राचार गर्ने, प्रचारप्रसार गर्ने साथै कार्तीक १६ गते पूजा स्थल मातातीर्थमा सरसफाई गर्ने, छठ घाट निर्माण गर्ने, खट बाँध्ने, बत्ती जडान गर्ने, टेन्ट राख्ने लगायतको कार्य गर्नेछ ।
समितिले बिगत ५/६ बर्षदेखि मातातीर्थमा छठ पूजा गर्दै आएको र यस बर्ष पूजाका लागि करिव ३ हजार जनाको उपस्थिती रहने समिति अध्यक्ष शिव शंकर ठाकुरले जानकारी दिए । व्रतालुहरू अहिलेदेखि नै छठको व्रतमा प्रयोग हुने सरसामग्री जुटाउने काममा लागिसकेका छन । यो वर्ष छठ पर्व कात्तिक २२ गते अस्ताउँदो सूर्यलाई अर्घ दिने र कार्तीक २३ गते बिहान उहाउँदो सूर्यलाई अर्घ चढाए संगै सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय