काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ तारा मार्गमा आइतबार देउराली पूजाको प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको हो ।
सोमवार २५ जना अस्पताल भर्ना भएको र मङ्गलबार बिहान थप ७ जना बिरामी भर्ना भएका हुन । बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको छ । बिरामी सबैको अवस्था सामान्य छ। फुड पोइजनका कारण बिरामी परेको डाक्टरको भनाई छ ।
बिरामीहरूमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको छ ।

