काठमाडौं। पाल्पाको रम्भा गाउँपालिका ३ अगाहखोला सवारी दुर्घटनामा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्ला पाल्पा रम्भा गाउँपालिका-३ बस्ने २३ वर्षीय भुवन सिंह राना रहेको प्रहरीले जनाएको छ । घाइते चालकको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको थियो । रम्भा-३ अगाहाखोलास्थित सिद्दार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक अचानक अनियन्त्रित भई दुर्घटना हुँदा सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडीबाट ठक्कर दिदा चालक रानाको दाहिने खुट्टा च्यापिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा १ क ७१२१ नम्बरको ट्रकको सह–चालक जिल्ला स्याङ्जा वालिङ- १० बस्ने वर्ष २१ को सन्जित खवास थापा घाइते भएका छन् । सहचालक खवासको हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय