काठमाडौं । दीपावली गर्न बालिएको बत्तीबाट सल्कियको आगोले काठमाडौंको एक पसल खरानी भएको छ ।
काठमाडौं महानगरपालिका–८,राममन्दिर क्षेत्रमा रहेको एक पसलमा गएराति आगलागी भएको हो ।चटपटे र किराना पसलमा आगआगी हुँदा चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
दमकल प्रयोग गरी राति नै आगो नियन्त्रणमा लिइएको थियो । दीपावली गर्न बालिएको बत्तीबाट आगो सल्कियको प्रहरीको प्ररम्भिक अनुमान छ ।

