काठमाडौं । चन्द्रागिरि नगरक्षेत्र बिभिन्न कारणले भिभिआइपीको आगमन हुने नगरपालिका हो ।
देशका प्रधानमन्त्री र गृहमन्त्री शुक्रबार चन्द्रागिरि नगर क्षेत्रमा आए ।प्रधानमन्त्री केपी शर्मा ओली तिहारको बिदा मनाउन परिवारसहित चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा रहेको चन्द्रागिरि डाँडोमा पुुगेका थिए । ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुुको आग्रहमा तस्बिर खिचाए ।चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यकाको अवलोकन गर्दै ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै डायरीमा उतारे ।उनले लेखे –
‘चन्द्रागिरि प्रेमको प्रतीक
सतीदेवी भाल पतन
सर्वोत्तम प्रेमकथा!’
साथमै रहेकी प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले आफ्नो रचनालाई वाचन गरेर सुनाए ।

शुक्रबारनै गृहमन्त्री रमेश लेखक पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । एउटा परिस्कृत समाज निर्माणका लागि चाडपर्वको अवसरमा जमघट र भेलाहरुमा उपस्थित हुने कुरा आफैँमा महत्वपुर्ण हुने उनले बताए ।

