काठमाडौं ।मोरङको विराटनगरमा जुवा खेलिरहेको अवस्थामा १० लाख रुपैयाँसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पशुपति भगत, राजन कँडेल, ध्रुव सिग्देल, टुनटुन शर्मा, लिला सहनी, मनिराज प्रसाई, विरेन्द्र साह, सुरेन्द्र ठाकुर, बाबुराम कटेल, र पार्टी प्यालेस सञ्चालक पदम श्रेष्ठ रहेका छन्। जुवा खालबाट ५ बुंक ताससहित १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ बरामद भएको छ ।
विराटनगर ११ स्थित संगम पार्टी प्यालेसमा शुक्रबार राती करिब १० बजे यातायात व्यावसायी, ब्यापारी तथा राजनीतिक दलका नेताहरू सहित १० जनालाई मोरंग प्रहरीले पक्राउ गरेको हो ।

