काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गरेको मानिन्छ । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको बताइन्छ ।विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ ।नेपाल संवतको अवसरमा चन्द्रागिरि –१० बोसीगाँउमा बिशेष कार्यक्रमको आनयोजना गरिएको छ ।
वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रमका साथै मोटरसाइकल र्याली गरिएको छ ।न्यूदँ भिंतुना सास्कृतिक ज्याझ्वःव सास्कृतिक र्यालि को आयोजना गरिएको हो । नेपाल भाषा,कला,संस्कृति संरक्षण तथा प्रवद्र्धन समिति बोसीगाँउको आयोजनाका कार्यक्रम भएको हो ।

