काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन ।
संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रम (यूएन हेबिटेट) ले आयोजना गर्ने विश्व शहरी फोरमको १२औं विश्व सम्मेलनमा सहभागि हुन नगरप्रमुख गिरी शनिबार कायरो गएका हुन । कार्तिक १९ देखि २३ सम्म जारी रहने कार्यक्रममा नगरप्रमुख गिरीले सम्बोधन गर्ने तालिका रहेको छ । गिरीले कार्यक्रममा चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्य अन्तर्गत स्थानीय स्वेच्छिक मुल्याङ्कन प्रतिवेदन (भीएलआर) को मुख्य सार प्रस्तुत गर्नेछन ।यूएन हेबिटेटले आयोजना गरेको उक्त कार्यक्रममा एसिया महादेशबाट नेपालले मात्र सम्बोधन गर्ने अवसर पाएको छ,जसमा चन्द्रागिरि नगरपालिका छनोट भएको हो ।चन्द्रागिरि नगरबासीहरूका लागि यो अवसर गौरवको क्षण बनेको नगरप्रमुख गिरीले प्रतिक्रिया दिए ।
चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्य अन्तर्गत स्थानीय स्वेच्छिक मुल्याङ्कन प्रतिवेदन (भीएलआर) नेपाल सरकार, चन्द्रागिरि नगरपालिका र संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रम (यूएन हेबिटेट)को सहकार्यमा करिब १ वर्षको तयारीपछि तयार पारिएको थियो । ईजिप्ट जानु अघि नगरप्रमुख गिरी नेपाल सम्वतका अवसरमा चन्द्रागिरि –१० ले आयोजना गरेको कार्यक्रममा सहभागि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय