काठमाडौं । पर्साको पकाहामैनपुर गाउँपालिका २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाइते भएका छन् ।
जग्गाको विषयमा धरमजित महतो पक्ष र किशोरी महतो पक्षबीच झडप भएको हो । उनीहरुबीच लामो समयदेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।
अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न भनेपछि बढी जग्गा भोगचलन गर्न खोज्दा धरमजित महतो पक्षबीच झडप भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय