काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा ना ३ ख २४७१ नं को बसको ठक्करबाट दुई जानको मृत्यु भएको छ ।
वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा बसले टक्कर दिएको हो ।बसको ठक्करबाट २० जना घाईते भएका छन ।२ जना गम्भीर घाईते,६ जना मध्यम घाइते,१२ जना सामान्य घाइते,१ जना बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जानकारी दिएको छ ।
बसले देउसी भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको र अर्घाखाँची अस्पतालमा उपचारका क्रममा अर्कि एक २२ वर्षीय तारा श्रेष्ठको मृत्युु भएको हो ।बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

