काठमाडौं । वर्षाका कारण बिपी राजमार्गको केही स्थानमा रहेका साना खोल्सीहरुमा आएको लेदोका कारण सवारी आवागमनमा असर परेको छ ।
बिपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका –११ हनुमान मावि नजिकैको खोल्सामा आएको लेदो र पानीका कारण राजमार्गमा एकतर्फी रुपमा सवारी सञ्चालन भएको प्रहरीले जनाएको छ ।सोमबार दिउँसो वर्षासँगै आएको लेदोको कारण पात्लेखेत नजिकै रहेको खोल्सामा केहीबेर सवारी आवागमनमा समस्या भए पनि अहिले भने एकतर्फी रुपमा सवारी सञ्चालन भएको छ ।
पानीका कारण रोसी खोलामा आएको बाढीले असोज दोस्रो साताको वर्षाका कारण नमोबुद्ध नगरपालिका–६ र रोसी गाउँपालिका–७ जोड्ने रोसी खोलामा गरिएको डाइभर्सन र ह्युमपाइपमा क्षति गरेपछि जिल्लाको महाभारत गाउँपालिकाबाट तिहार मानेर फर्किएका सवारी साधन र यात्रुहरु अलपत्र परेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय