कठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्वर ११ सतुंगलमा तिन दिवसीय ध्यान योग शिविर संचालन हुने भएको छ ।
ओशोधारा नेपाल,चन्द्रागिरि ध्यान केन्द्रको आयोजनामा शिविर हुन लागेको हो । शिविर कार्तिक २३ गते देखि कार्तिक २५ गते सम्म शान्ति नमुना बस्ती सतुंगलमा हुने,कार्यक्रम संयोजक पूर्ण मालीले जानकारी दिए । प्रमुख आचार्य आचार्य पुजारी,आचार्य सुबास,आचार्य कृष्ण सखा लगायतले शिविरमा आनन्दित जीवन जिउन सिकाउने सुत्रहरु प्रस्तुत गर्ने मालीले बताए ।शिविरमा गौतम बुद्धको अष्टांगिक आर्य मार्ग, श्री कृष्णको निष्काम कर्म योग, स्टेफेन आर कोबेको (Seven Habits of Highly Successful People ) अब्राहम मास्लो लगायतका बैज्ञानिकहरुको खोजमा अधारित आनन्दपूर्ण जीवन जिउने कला सिकाईने छ भने पतंजली को अष्टांग योग र विभिन्न ध्यान प्रयोग (संजीवनी, ब्रम्हानाद, सुप्रभात, लीला ध्यान आदि), ॐ ओमकार को ज्ञान, आत्म परिचय (म को हुँ ?) को ज्ञान,एबम अनुभूति सहितको कक्षा संचालन हुनेछन ।
समर्थगुरु सिद्धार्थ औलियाद्वारा निर्मित ओशोधाराको पहिलो तहको त्रीदिवसिय कार्यक्रममा सहभागि हुन संयोजक मालीले आव्हान गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय