काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढंङ्गा चेकपोष्टबाट ५०० ग्राम सुन सहित एक जना पक्राउ परेका छन ।
बुधबार नेपालगंजबाट काठमाडौं आउदै गरेको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा सुन सहित ति व्यक्ति पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा कैलाली जिल्ला टिकापुर नगरपालिका –४ का २३ वर्षिय एलिश ढकाल रहेको प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका ढकालमाथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय