काठमाडौं । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।
सहकारी ठगीमा संलग्न रहेका लम्साल लामो समयदेखि फरार थिए । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मङ्गलवार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ गरिएको हो ।सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।
सरकारी वकिल कार्यालयले गत वर्ष जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएको थियो ।उक्त सहकारीमा ठगी प्रकरणमा अध्यक्ष,कार्यकारी अधिकृत,सञ्चालक सदस्य सहित केहि पुर्पक्षका लागि पहिले देखि नै थुनामा छन् ।

