काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–७, कपासेमा वनभोज खाएर फर्कँदै गरेका यात्रु बोकेको फोर्स गाडी दुर्घटनामा परेको छ ।
सुर्खेतको छिन्चुबाट वनभोज खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेका यात्रु बोकेको कर्णाली प्रदेश ०२–०१ ख ०१८८ नम्बरको फोर्स गाडी नेपाली सेनाको कालिबहादुर गणको मुल गेट नजिकको घुम्तीमा दुर्घटनामा परेको हो । बुधबार साँझ भएको उक्त दुर्घटनामा परी २६ जना घाइते भएका छन् ।
घाईतेहरुलाई उपचारका लागि प्रदेश अस्पताल पठाइएको छ । घाइते २६ मध्ये दुईजनाको अवस्था गम्भीर छ । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर