काठमाडौं । कालिकोटमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको कालिकोट प्रहरीले जानकारी दिएको हो ।मृत्यु हुनेमा पलाँता–५का ५१ वर्षिय पदम,पलाँता –६ कि ५९ वर्षिय कुशुम कला शाही, सल्लीकोट – ५ की ३० वर्षिय छाँया शाही,उखाडी –६ की २५ वर्षिय भगु रोकाय,६० वर्षिय गणेश शाही र पलाँता –३ का दमन रोकाय रहेको प्रहरीले जानकारी दिएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन ।गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत लगिएको छ ।नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको हो ।अन्यको पनि हेलिकप्टरबाट उद्दार हुने भएको छ ।
आइतबार दिउँसो साढे २ बजे कालीकोटको पलाँता गाउँपालिका–३ को राहुनेटामा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना भएको हो ।जिप भिरबाट करिब १०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर