काठमाडौँ। युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ ।
नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको हो। नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । एक सय ४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमा समेटियो ।ब्याटिङ तर्फ नेपालका लागि साना प्रविनले ५३, सावित्री धामीले २८ तथा सोनी पाख्रिनले १९ रनको योगदान दिइन्।
एक सय ४० रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्डका कुनै पनि व्याटरले दोहरो अङ्कामा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका लागि कुशुम गोदारले तीन, रिया शर्मा र रचना चौधरीले दुई दुई तथा पूजा महतोले एक विकेट लिइन् ।

