काठमाडौं । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देहीमा बयान ढिलासम्म चलेपछि आज उनलाई रुपन्देहीनै राखियको छ ।
उनलाई शुक्रबार बिहान जहाजमार्फत पोखरा लगिने बताइएको छ । कास्कीप्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार रुपन्देही लगिएको थियो । सरकारी वकिल कार्यालय रुपन्देहीमा मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा लामिछानेसँग ६ दर्जन भन्दा बढी प्रश्न गरिएको थियो ।
लामिछानेले बयानमा बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनमा आफ्नो संलग्नता नभएको दोहोर्यायका थिए । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

