काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा डडेलधुरा जाने कार्यक्रम तय भएको छ ।
कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउदले विज्ञप्ति निकालेर शुक्रबार दिउँसो ३ः३० बजे डडेलधुरा बसपार्कमा फूलमालासहित स्वागतका लागि उपस्थित हुन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन । विज्ञप्तिमा भनिएको छ –‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरु, टोल कार्यसमितिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशिल सदस्यहरु, उद्योगी व्यापारीहरु तथा नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं’ ।
कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहेकी मन्त्री राणा मन्त्री बनेपछि पहिलोपल्ट गृह जिल्ला जान लागेकी हुन ।


