काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको हो ।उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन ।
अमेरिकामा रहेका उनका छोरा आएपछि अन्त्यष्टि गरिने भएकाले उनको शव अस्पतालमै राखिएको छ ।

