काठमाडौं । डडेल्धुराको दैजी–जोगबुडा जोड्ने चुरेको कच्ची सडकमा जिप मंगलबार अपराह्न करिब ४ः३० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा दुईजना महिलाको घटनास्थलमै मृत्यु भएको छ । लु १ ज ४५७९ नम्बरको जिप परशुराम नगरपालिका–९ लिप्नामा दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी अन्य सातजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि महेन्द्रनगर पठाइएको छ ।घाइतेहरूमध्ये चार जनाको अवस्था गम्भीर छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय