काठमाडौं । मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
पूर्वमन्त्री अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए। यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
सात दिनको म्याद सकिएपछि म्याद थपका लागि मंगलबार फेरि अदालतमा पेश गरिएकोमा अदालतले ५ दिनको म्याद दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय