काठमाडौं ।नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको जागरण सभामा फोहर गरेको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको हो ।
दरबारमार्गमा एमालेले गरेको जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेको महानगरको ठम्याई छ ।महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँको जरिवाना तोकेको छ ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षर सहित महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको पत्र पठाएको हो ।

