काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नंम्वर २ नागढुङ्गाबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
नागढुङ्गा स्थित चेकप्वाइन्टमा शुक्रबार बिहान सुनौंलीबाट काठमाडौं आउँदै गरेको लु १ ख १०७ नम्बरको यात्रुबाहक बसलाई प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार सुर्खेत जिल्ला बिरेन्द्रचोक नगरपालिका वडा नम्बर ६ का २१ वर्षिय जिबन साहीलाइ पक्राउ गरेको हो ।प्रहरीले निज साहीलाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको हरियो रङ्गको छालाको झोला भित्र कालो रङ्गको प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको अबस्थामा प्रतिबन्धित लागुऔषध TRAMADOLलेखिएको ११ वटा पत्ता लागुऔषध बरामद भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका साही र बरामद भएको लागुऔषध सहित थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत थानकोट लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय