काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नंम्वर २ नागढुङ्गाबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
नागढुङ्गा स्थित चेकप्वाइन्टमा शुक्रबार बिहान बिराटनगर बाट काठमाडौं आउँदै गरेको बा. प्र.०१–००६ ख ५२३७ नं.को यात्रुबाहक बसलाई प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार झापा जिल्ला,भद्रपुर नगरपालिका वडा नम्बर ७ का २१ वर्षिय ईन्द्र राजवंशीको साथबाट लागुऔषध खैरो हिरोईन बरामद भएको प्रहरीले जानकारी दिएको छ । राजवंशीले आफु बसेको सिटको मुनि कालो रंङ्गको प्लाष्टिक भित्र लुकाई छिपाई ल्याएको अबस्थामा प्रतिबन्धित लागुऔषध बरामद भएको हो ।
प्रहरीले निज राजबंशीलाई पक्राउ गरि बरामद लागुऔषध सहित थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत थानकोट चलान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय