काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही पुगेका छन् ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पूजा कार्यक्रममा आयोजना भएको छ । लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन शाह रुपन्देही पुगेका हुन ।
शुक्रबार रुपन्देही पुगेका शाहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता–कार्यकर्ताले स्वागत गरेका छन् ।

