काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग कुराकानी गरेका छन ।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका मस्कसँग कुराकानी गरेका हुन ।प्रधानमन्त्रीले सामाजीक संजाल मार्फत भनेका छन –अहिले एलन मस्कसंग कुरा गरिरहेको छु ।कुराकानी कुन बिषयमा भएको हो सो भने खुलाइएको छैन ।
स्पेश एक्सका कम्पनीका मालिक समेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका बेला प्रधानमन्त्रीले गरेको कुराकानी बिशेष अर्थपूर्ण रहेको अनुमान लगाईएको छ ।

