काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंङ्गा चेक प्वईन्टबाट ५ जना लागुऔषध खैरो हिरोईनका साथ पक्राउ परेका छन ।
शनिबार बिहान बिराटनगर बाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३–००१ ख २२९४ नम्बरको यात्रुवाहक बसमा सवार मोरङ जिल्ला बिराटनगर महानगर पालिका वडा नम्बर ४ का ३५ वर्षिय ईन्सु राय लागुऔषध सहित पक्राउ परेका हुन ।
त्यस्तै, काँकडभिट्टा बाट काठमाडौंआउँदै गरेको बा. प्र.०३–००१ ख २५५६ नम्बरको यात्रुबाहक बसबाट ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा सुनसरी जिल्ला ईटहरी नगरपालिका वडा नम्बर ८ का १९ वर्षिय शुसान्त विस्वास,नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नम्बर १३ का २२ वर्षिय अमित सुनार,काभ्रे जिल्ला खानिखोला गाउपालिका वडा नम्बर ५ का २४ वर्षिय मनिस दुवाल र सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका वडा नम्बर १० का २६ वर्षिय निरोज दाहाल रहेका छन । निजहरुलाई नागढुंङ्गा प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाकोे संयुक्त टोलीले पक्राउ गरेको हो ।

