काठमाडौँ। सहकारी ठगी प्रकरणमा हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले १५ दिन म्याद थप गरेको छ।
न्यायाधीश हिमलाल बेलबासेकाे इजलासले लामिछानेलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। पछिल्लोपटक गत कार्त्तिक २५ गते थपिएको १३ दिनको म्याद हिजोबाट सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

