काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले यहि मंसिर १७ गते देखि २० गते सम्म चीन भ्रमण गर्नेछन ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चिन भ्रमण गर्न लागेका प्रधानमन्त्री ओलीले भ्रमणको दोस्रो दिन चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सभापति झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। ओली तेस्रो दिन तीनवटा कार्यक्रममा सहभागी बन्ने छन्। उनले तेस्रो दिन नेपाल उद्योग वाणिज्य महासंघले बेइजिङमा आयोजना गर्ने नेपाल इन्भेष्टमेन्ट फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। साथै,पेकिङ युनिभर्सिटीले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा भने आजै चिन प्रस्थान गरिसकेकी छन ।

